सेनाकाे गाडीले ठक्कर दिँदा सप्तरीमा एककाे मृत्यु

राजविराज । सप्तरीको रुपनी गाउँपालिका-१ स्थित नेपाली सेनाको गाडीले ठक्कर दिँदा बुधबार एक जनाकाे मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपनी चोकमा सेनाको बा १ ग १९८१ नम्बरको वानटन गाडीले स ५ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हाे ।

दुर्घटनामा मोटरसाइकलमा सवार अग्नीसाइर कृष्णासवरण गाउँपालिका-२ का ६५ वर्षीय रामचन्द्र चौधरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । चालक धरान १७ का मनिषराज राई र गाडी प्रहरीकाे नियन्त्रणमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस