आज कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या १ हजार ९ सय नाघ्यो

जनकपुरधाम । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय नाघेको छ । पछिल्लो २४ घण्टामा विहिवार थप ४ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९०३ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१२ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ ।

त्यसैगरी सोही अवधिमा ४८३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणपछि निको हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस