मालपोतका नासु र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ

जनकपुरधाम, २३ पुस । मालपोत कार्यालय हरिवन सलार्हका एक कर्मचारीसहित घुस रकमसहित पक्राउ परेका छन् ।

नायव सुब्बा बेदनिधी बराल र हरिवन नगरपालिका–२ सर्लाहीका लेखापढी व्यवसायी राम सुन्दर महतोलाई ११ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले जग्गाधनी दर्ता प्रमाणपत्र (लालपुर्जा)मा नाम संशोधन वापत घुस लिइरहेको अवस्थामा दुवै जनालाई पक्राउ गरेको हो ।

दुवै जनामाथि थप अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस