विप्लव समूहमाथि प्रहरीको ‘एक्सन’: सप्तरी जनसता प्रमुखसहित तीन जना पक्राउ

राजविराज, १५ फागुन । नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का सप्तरी जनसता प्रमुखसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जनप्रतिनिधि र कार्यालय प्रमुखहरुलाई धम्की दिएर चन्दा मागेको भन्दै आएको सूचनाको आधारमा उनीहरुलाई शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।

उनका अनुसार पार्टीका सप्तरी जनसता प्रमुख खडक नगरपालिका–३ बनरझुल्लाका ५२ वर्षीय आदर्श भनिने रामनाथ मण्डल, जिल्ला सदस्यद्वय राजविराज नगरपालिका–४ का उदय भनिने उदयनाथ मण्डल र बिष्णुपुर गाउँपालिका–१ का २५ वर्षीय रामकृष्ण मण्डललाई पक्राउ गरिएको हो ।

उनीहरुसँग चन्दा माग्न र धम्की दिने प्रयोग गरिएको चार थान मोबाईल, जन बिद्रोह लेखिएको किताब, बिर मधेशी लेखिएको किताब, युवा संगठन नेपाल साधारण सदस्यताको ठेली बरामद भएको छ ।

यसैगरी अखिल नेपाल महिला संगघ क्रान्तिकारी लेखिएको आर्थिक सहयोग बारेको पत्र चार पाना, युवा संगठन नेपाल बिशेष आर्थिक सहयोग बारेको पत्र एक पाना, अखिल नेपाल किसान महासंघ केन्द्रीय समिती लेखिएको पर्चा १ पानासहितका सरसमान बरामद भएको प्रहरी नायव उपरीक्षक साहले बताए । तीनै जनामाथि उप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस