नेपाल प्रहरीका ११ एसपी र सप्तरीसहित १८ जना डिएसपी सरुवा [नामावलीसहित]

जनकपुरधाम । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ११ प्रहरी उपरीक्षक (एसपी) र १८ प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा भएको छ । शुक्रबार भएको निर्णय अनुसार एसपी र डिएसपीको सरूवा गरेको हो ।

सुरुवा सूचीअनुसार महोत्तरीका एसपी टिकाबहादुर केसीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखामा पठाइएको छ भने प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्सालका एसपी दिनेशकुमार आचार्यलाई महोत्तरी पठयाइएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर प्रसाद साहको सरुवा भएको छ । साहलाई १ नम्वर प्रहरी कार्यालय विराटनगर गम्भीर अपराध अनुसन्धान शाखा पठाइएको छ भने सप्तरीमा जुम्लाका डिएसपी माधव प्रसाद काफ्लेलाई पठाइएको छ ।

हेर्नुहोसु सूचीः

Saruwa_SP_2077-11-14saruwa_dsp_2077-11-14
Author:



क्याटोगरी छान्‍नुहोस