पछिल्लो २४ घण्टामा ८१ कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु

जनकपुरधाम, १५ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुई हजार ८२४ जनाको पीसीआर परीक्षण गरिएकोमा ८१ जनामा संक्रमणको पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको जनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा ६२ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै निको हुनेको संख्या २ लाख ७० हजार ३२५ जना पुगेको छ । हाल ९६७ जनामा सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैगरी हाल ९६७ जना आइसोलेशन छन् भने ६२ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७७३ पुगेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस