पहाडी भु–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको पूर्वानुमान

जनकपुरधाम । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ का पहाडी भु–भागमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको पूर्वानुमान गरेको छ । उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको आंशिक प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

तीन दिनको मौसम पूर्वानुमान

फागुन १६ गते (आइतबार)

दिउँसो : प्रदेश १ का पहाडी भू–भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : प्रदेश १ का पहाडी भू–भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फागुन १७ गते (सोमबार)

दिउँसो : प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशकाका पहाडी भू–भागहरुमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन १८ गते (मंगलबार)

दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

राति : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

Author:



क्याटोगरी छान्‍नुहोस