प्रदेश २ सरकारलाई डा.भट्टराईको सुझावः ‘केही गर साथीहरु हो, नत्र केपीलाई मात्र के भन्ने ?’

जनकपुरधाम । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले विपन्न र भुमिहीन दलित समुदायको समस्यातर्फ सरकारले ध्यान नदिनु बिडम्वनापूर्ण भएको बताएका छन् ।

उनले आइतवार ट्वीट गर्दै विपन्न र भुमिहीन दलित समुदायकानिम्ति जमिन, आवास, शिक्षा र रोजगारीको व्यवस्था राज्यले गर्नुपर्ने कुरा संविधानमै रहेको बताए । यद्यपी, कम्युनिष्ट पार्टीको सरकारले समेत यसलाई जोड नदिनु बिडम्वनापूर्ण भएको डा.भट्टराईले लेखेका छन् ।

उनले प्रदेश २ का सरकारलाई पनि यो समस्यातर्फ ध्यान दिन सुझाव दिएका छन् । उनले लेखेका छन्, ‘२ नंं. प्रदेश पनि प्रत्येक वर्ष यो आवास उठ्छ तर…। केही गर साथीहरु हो, नत्र केपीलाई मात्र के भन्ने ?’

Author:



क्याटोगरी छान्‍नुहोस