सरकारी गाडीबाट फालिएको ८ लाख रुपैयाँ बरामद, गाउँपालिका अध्यक्ष फरार

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाको गाडीबाट फालिएको लाखौं रूपैयाँ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बरामद गरेको छ । भवन निर्माण सम्पन्न भएपछि भुक्तानी दिन सेवाग्राहीसँग कमिशन रकम माग गरिरहेको भन्दै आयोगमा उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सोमबार गाउँपालिकाको गाडीबाट फालिएको ८ लाख रुपैयाँ बरामद गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । यद्यपी, अध्यक्ष डम्बरबहादुर राउत (क्षेत्री) भने फरार छन् ।

टोलीले प्र–२–०२–००१ झ ०००२ नम्बरको सरकारी नम्बर प्लेटको गाडी र गाडी चालक विर बहादुर मगरलाई नियन्त्रणमा लिएको छ भने अध्यक्षको खोजी भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस