विवादीत बन्दै सप्तरीको सप्तकोशी नगरपालिका [भिडिओ]

राजविराज । जनप्रतिनिधि र चार वटा राजनितिकले दलले आर्थिक अनियमितता भएको आन्दोलित भएसँगै सप्तरीको सप्तकोशी नगरपालिका विवादीत बन्दै गएको छ ।

सोमवार मात्रै जनप्रतिनिधिसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूह, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातान्त्र पार्टी नेपालले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै अनियमितताबारे केलाएका छन् ।

पत्रकार सम्मेलनमा वडा अध्यक्ष नारायण आचार्यले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारी मिलेर नितिगत भ्रष्टाचार गर्न किर्ते निर्णयहरु पनि गरेको आरोप लगाए । र, सो कुरा आन्तरिक लेखा प्रतिवेदनमा पनि उल्लेख गरेको उनको भनाई छ । विस्तृत अंश…

Author:



क्याटोगरी छान्‍नुहोस