फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

जनकपुरधाम । नेपाल आयल निगमले फेरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २÷२ रूपैयाँका दरले मूल्य वृद्धि गरेको छ । निगमले गएको मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको जनाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रति लिटर ११६ रूपैयाँ, डिजेल र मट्टितेल प्रति लिटर ९९ रूपैयाँ पुगेको छ । यसैगरी निगमले हवाई इन्धनको पनि मुल्य बढाएको छ ।

आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्यमा ५ रूपैयाँ वृद्धि गरी ७२ रूपैयाँ कायम गरेको छ भने अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर २५ अमेरिकी डलरले वृद्धि गरी ८९३ डलर प्रतिकिलोलिटर कायम गरिएको निगमले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस