भारतमा उपचारपछि आज स्वदेश फर्किंदै डा. भट्टराई

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई उपचारपछि आज नेपाल फर्किंदै छन् । नेपाल वायु सेवा निगमको जहाजमार्फत उनी नेपाल फर्किन लागेकाे उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले बताएका छन् ।

पेटमा समस्या भएपछि क्यान्सर भएको आशंका गरिएपछि पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराई फागुन ९ गते उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएका थिए । नेपालमै उपचार गराइरहेका उनलाई चिकित्सकले न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशंका गरिएपछि उनलाई दिल्ली जान सल्लाह दिएका थिए ।

नयाँदिल्लीस्थित एकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएका उनको परीक्षण गर्दा ट्युमरमा क्यान्सर भइनसकेको पुष्टि गरेका हुन् । यद्यपि बायोप्सी परीक्षणपछि चिकित्सकहरुले क्यान्सर नभएको निष्कर्ष निकाले पनि दुई/तीन महिनामै ट्युमरलाई शल्यक्रिया गरी फाल्न सुझाव दिएकाे जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस