महाकुम्भ परिक्रमाका यात्रीहरु जलेश्वर पुगे

जनकपुरधाम । महाकुम्भ परिक्रका यात्रीहरु बुधवार महोत्तरीको सदरमुकाम जलेश्वरमा पुगेका छन् । मंगलबार साँझ महोत्तरीकै मटिहानीमा विश्राम गरेका यात्रीहरु बिहान जलेश्वर पुगेका. हुन् ।

सहभागीका लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पन्ध्र वटै विश्रामस्थलमा बिजुली, खानेपानीलगायतका आवश्यक पूर्वाधारको व्यवस्था मिलाएको छ । परिक्रमा गर्नेहरुले राति गाउँभन्दा टाढा खुला चौर, बगैचा वा पोखरीको डिलमा विश्राम गर्ने गर्दछन् । स्थानीय बासिन्दाहरुले पनि सहभागीहरुका लागि अन्न, दाउराको प्रबन्ध मिलाएका छन् ।

नेपाल र भारत दुवै देशको धार्मिक, सांस्कृतिक एवं पारम्परीक सद्भावको प्रतिक बनेको सो परिक्रमा यात्रामा नेपालका १३ र भारतका २ गरी जम्मा १५ वटा विश्रामस्थलहरु रहेका छन् भने यात्राका सहयात्रीले नेपालका १०७ र भारतका २६ गरी १३३ किलोमिटर भूमिमा पैदलयात्रा तय गर्ने परम्परा रहेको छ ।

परिक्रमामा भारतको मथुरा, हरिद्वार, दरभंगा, सितामढी, आयोध्या, बैद्यनाथधामका साधुसन्तहरु पनि सहभागी छन् । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780