नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने

जनकपुरधाम । नेपाल पत्रकार महासंघको निर्वाचन यही चैत २५ गते हुने भएको छ । बुधवार महासंका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको बसेको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन चैत २५ गते गर्ने निर्णय भएको छ ।

एकै दिन हुने सवै तहको निर्वाचन तालिका चैत ७ गते प्रकाशन हुने केन्द्रीय सदस्य एवं मधेश समितिका संयोजक अवधेश कुमार झाले जानकारी दिए ।

निर्वाचनको मिति तय भएसँगै बुधवारबाटै पत्रकार कपिल काफ्लेका संयोजकत्वमा गठित निर्वाचन समितिले काम अघि बढाउने जनाएको छ । समितिका सदस्यमा अधिवक्ता अरुण पौडेल, कपिलचन्द्र पोखरेल, कृष्णमाया भुसाल, हरेन्द्र राई र देवेन्द्र झा तथा सदस्य सचिवमा भक्तिराम घिमिरे रहेका छन् ।

महासंघको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780