स्वस्थ्य शरीर भए मात्रै समृद्ध र सुन्दर समाज निर्माण हुन्छ : मेयर यादव

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा ‘मेरो शरीर मेरो अधिकार, स्वस्थ्य समृद्ध सुन्दर समाज’ मुल नाराका साथ आयोजना गरिएको १५ दिने पुनः प्रयोग प्याड बनाउने तालिम सम्पन्न भएको छ ।

नगरपालिकाको सहयोगमा आयोजना गरिएको तालिम आज (बुधवार) एक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको हो । तालिमको समापन कार्यक्रममा नगर प्रमुख उदय कुमार बरबरीया यादवले स्वस्थ्य शरीर भए मात्रै समृद्ध र सुन्दर समाज निर्माण हुनसक्ने बताए ।

सोही कुरालाई मध्यनजर गर्दै युवतीलाई लक्षित गरी तालिमको आयोजना गरिएको उनले बताए । हेल्पिड ह्याण्डस् नेपालका अध्यक्ष गोविन्द महतोको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सत्रुधन यादव लगायतको उपस्थिती थियो ।

हेल्पिड ह्याण्डस् नेपालले नै आयोजना गरेको नगरभरिका युवतीहरु पुनः प्रयोग प्याड बनाउने तालिम दिइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस