कल्याणपुरमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकामा बर्थिङ सेन्टरसहितको सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएको छ । वडा नम्वर ११ स्थित नगरपालिका कार्यालयकै छेउमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी भवन निर्माण भएको हो ।

कुल दुई करोड ४५ लाख ५५ हजारको लागतमा बनेको आवाससहितको दुई तल्ले भवनको शनिबार उद्घाटन गरिएको छ । संघीय सरकारको आर्थिक लगानीमा निर्माण सम्पन्न भएको उक्त भवन नगरपालिकाकी कार्यवाहक मेयर रोहिनी देवि यादवले उद्घाटन गरिन् ।

नयाँ भवन मार्फत चाँडै नै २४ औं घण्टा स्थास्थ्य सेवा प्रवाह गर्न सुरु गर्ने तयारी रहेको नगरपाकिलाले जनाएको छ । कार्यक्रममा नगरपालिका जनप्रतिनिधि, कर्मचारी, स्थानीय वुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस