थप ७६८ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

जनकपुरधाम, ४ वैशाख । नेपाल पछिल्लो २४ घण्टामा थप ७६८ जनामा कोरोना संक्रमण देखिएको छ । २४ घण्टामा ५ हजार ३३३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ८३ हजार ६५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा छ । यसैगरी पछिल्लो २४ घण्टामा २२६ जना निको भएका छन् ।

योसँगै २ लाख ७५ हजार ३८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यसैगरी २४ घण्टामा संक्रमणबाट थप ५ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३ हजार ७५ पुगेको छ । नेपालमा हाल ५ हजार ५४५ जना सक्रिय संक्रमित छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस