कृष्णनगरमा वर्षौदेखि जलकुम्भीले भरिएको पोखरी सरसफाई

कृष्णनगर (कपिलवस्तु), १३ असार । कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ झण्डानगरस्थित वर्षौदेखि जलकुम्भीले भरिएको सार्वजनिक पोखरीको सरसफाई गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरपालिका भवन पछाडि रहेको सो पोखरीको सरसफाई गरिएको हो ।

पोखरीको सरसफाईसँगै नगरपालिकाले आगामी आर्थिक बर्षदेखि माछापालनका निम्ति ठेक्का लगाउने तयारी थालेको छ । जल स्रोत सम्पदाको संरक्षण र सदुपयोगले आय आर्जनमा वृद्धि हुने विश्वास व्यक्त गरिएको छ ।

झण्डै ३ विग्हा क्षेत्रफलमा फैलिएको सो पोखरीलाई रोजगार सेवा केन्द्रको बेरोजगारमा सुचिकृत भएका विभिन्न वडाका करिब ५० जनाले ३० दिनसम्म काम गरेर सरसफाइ गरेका हुन् । चालु आर्थिक बर्षमा कृष्णनगर नगरपालिका साना ठुला गरी करिब ३५ वटा आयोजनाहरू संचालनमा छन् ।

सिचाई कुला मर्मत, ग्रामीण बस्तिमा नाला सरसफाई तथा सडक सुधार, पोखरीको संरक्षण लगायत अन्य कार्यक्रमलाई प्राथमिकताकासाथ संचालन गरिएको नगरपालिकाका रोजगार संयोजक ईश्वरी प्रसाद पौडेलले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस