बोदे बरसाईन नगरपालिकाले धान रोपेर मनाए राष्ट्रिय धान दिवस

बोदे बरसाईन, १५ असार । सप्तरीको बोदे बरसाईन नगरपालिकाले खेतमा धान रोपेर १८ औं राष्ट्रिय धान दिवस भब्यता साथ मनाएको छ । वडा नम्बर ५ स्थित खेतमा धान रोपेर दिवस मनाएको हो ।

नगरपालिकाको सहयोग र शिवबाबा कृषि समुहका अध्यक्ष गंगा प्रसाद यादवको अध्यक्षतामा दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य अनिरुद्धप्रसाद सिंह यादवको प्रमुख अतिथ्यमा आयोजना गरिएको कार्यक्रमका सहभागीहरुले खेतमा धान रोपेर दिवस मनाएका हुन् ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, पशु बिकास अधिकृत अर्जुन प्रसाद यादव, सशस्त्र बेश क्याम्प बोदे बरसाईनका प्रहरी निरीक्षक उत्सव बिष्ट, ईलाका प्रहरी कार्यालय बोदे बरसाईनका प्रहरी नायब निरीक्षक जय प्रसाद महतोको उपस्थिती थियो ।

यसैगरी नगर ब्यापार संघका सचिब अनिल प्रसाद सिंह, वडा नम्बर ५ का अध्यक्ष मो. मजेबुर रहमान, ४ का अध्यक्ष रमानन्द चौधरी, ९ का अध्यक्ष तपसी यादव, मा दुर्गा कृषक समुहका अध्यक्ष जितेन्द्र यादव, पार्वती कृषक समुहकी अध्यक्ष सबिता साह, मा लक्ष्मीकी सीता साह, नेपाली काग्रेस बोदे बर्साईन नगर समितीका अध्यक्ष राजिन्द्र मन्डल लगायतको उपस्थिती थियो । कार्यक्रमको संचालक भने शिक्षक जितेन्द्र प्रसाद गुप्ताले गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस