भासिएको कमला पुलबारे छानविनको माग गर्दै सिरहामा प्रदर्शन

लहान । हुलाकी राजमार्ग खण्डको सिराहा–धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुल भासिएको विरोधमा सिराहामा युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।

कमला पुल भासिएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर, कमसल निर्माण गरी भ्रष्टाचार गर्न पाइँदैन, हाम्रो भावनामाथि खेलबाड गर्न पाइँदैन, कमला पुल यथाशीघ्र निर्माण गरलगायतका नारा लेखिएको प्लेकार्ड बोकेर स्थानीय युवाले सदरमुकाम सिराहामा प्रदर्शन गरेका हुन् ।

युवाहरूले सरकार भ्रष्टाचारमा डुबेकोले व्यग्र प्रतीक्षामा रहेको पुलमा कमसल निर्माण गरिएकोले भासिएको भन्दै चर्को नाराबाजीसमेत गरेका छन् । विरोध प्रदर्शन स्थानीय अगुवा शम्भु साहको नेतृत्वमा भएको हो । सरकार र सरोकारवाला निकायको गम्भीर लापरबाहीले गर्दा पुल कमसल निर्माण गरिँदा सञ्चालन अगावै भासिन पुगेको साहले बताए ।

०६८ सालमा ४२ महिनाभित्र निर्माण गर्ने गरी पप्पु कन्स्ट्रक्सन लुम्बिनी बिल्डर्सले करिब २५ करोडमा सम्झौता गरेको थियो । १० वर्षमा पनि कमला पुल निर्माण सम्पन्न हुन सकेको छैन ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780