सप्तकोशी नदीमा पानीको बहाव बढ्दो, २ लाख नाघेपछि २९ ढोका खुला

राजविराज, १९ असार । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक नाघेको छ । आज बिहान ९ बजे गरिएको मापन अनुसार २ लाख ३१ हजार ५१५ क्युसेक पानीको वहाव पुगेको छ ।

पानी निकास गर्न ब्यारेजमा रहेको ५६ मध्ये २९ वटा ढोका खोलिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले मधेशलाइभलाई जानकारी दिए । अहिले घण्टैपिच्छे पानीको बहाव बढ्दै रहेको उनले बताए ।

हिजैदेखि पानीको वहाव बढ्दो रहेकाले ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ भने तटबन्ध क्षेत्रमा बसोबास गर्ने वासिन्दालाई सतर्क रहन प्र्र्रशासनले आग्रह गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस