प्रदेश १ र २ सहितका स्थानमा भारी वर्षाको सम्भावना

जनकपुरधाम । देशका अधिकांश स्थानमा आज पनि वर्षा भइरहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

‘देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङसहित भारी वर्षाको सम्भावना रही प्रदेश नं १, प्रदेश २ र गण्डकी प्रदेशका एक दुइ स्थानमा धेरै भारी बर्षाको समेत सम्भावना रहेकाले उक्त प्रदेशहरुको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस