थप २ हजार १६९ जना संक्रमित थपिए, २२ जनाको मृत्यु

काठमाडौं । पछिल्लोे २४ घण्टामा देशभर २ हजार १६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १० हजार ४ सय १७ जनामा परीक्षण गर्दा २ हजार १६९ जनामा संक्रमण देखिएको हो ।

सोही अवधिमा १ हजार ४३२ जना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ६ लाख १६ हजार ३ सय पुगेको रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ३६२ पुगेको छ । हाल २६ हजार ४८९ जना सक्रिय संक्रमित छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस