प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले निर्णय गरेको छ । सिंहदरबारमा आइतबार बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि पत्रकारलाई जानकारी गराउँदै माओवादी केन्द्रका सांसद रामेश्वर राय यादवले बैठकबाट प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय भएको बताए । उनका अनुसार बैठकमा माओवादी संसदीय दलका नेता पुष्पकमल दाहालले पछिल्लो राजनीतिक घटनाक्रमका बारे ब्रिफिङ गरेका थिए ।

आइतवारै अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा संसद अधिवेशनमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिदैछन् ।

Author:



क्याटोगरी छान्‍नुहोस