सुनसरीमा करेन्ट लागेर २ जनाको मृत्यु

सुनसरी । जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका–२ का २९ बर्षीय कृष्ण घिमिरेको शनिवार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।

घर वरीपरी हात्ती रोक्नकालागि लगाईएको फलामको तारमा छुँदा अचानक करेन्ट लागेर घाईते भएका घिमिरेको उपचारको क्रममा बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी ईटहरी–१७ का मनोज खत्रीको पनि करेन्ट लागेर मृत्यु भएको छ । शनिवार साँझ ६ बजेको समयमा घर नजिकै रहेको माछा पोखरीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका खत्रीलाई उपचारको लागि बिराट टिचिङ हस्पिटल बिराटनगरमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको विहान ७ बजेत मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस