काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षका सांसदहरुको बैठकबाट सो निर्णय गरेको हो ।
संसदीय दलका ज्येष्ठ सदस्य महेन्द्र राय यादवको अध्यक्षतामा बसेको बैठकबाट प्रधानमन्त्री देउवाको पक्षमा मतदान गर्ने निर्णय गरिएको जनाएको छ ।