देउवाले विश्वासको मत लिने प्रक्रिया शुरू

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिने प्रक्रिया शुरू भएको छ । जारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विश्वासको मत माग्नेछन् ।

देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधव नेपाल पक्षको समर्थन प्राप्त हुने देखिएको छ ।

प्रतिनिधिसभामा हाल २७१ सदस्य कायम छन् । विश्वासको मत हासिल गर्न कम्तीमा १३६ सांसदको समर्थन आवश्यक पर्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस