ब्राउन सुगरसहित दुई जना जनप्रतिनिधि पक्राउ

जनकपुर । पर्साको पकाहामैनपुर गाउँपालिकाका दुई जना जनप्रतिनिधि ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पकाहामैनपुर गाउँपालिका–१ धोरेका ५५ वर्षीय वडा अध्यक्ष अमेरिका सहनी, सोही वडाका ४० वर्षीय वडा सदस्य बलिष्टर सहनी र सोही ठाउँका ५२ वर्षीय रामआदेश सहनी छन् ।

वीरगञ्ज महानगरपालिका–१९ बर्वाबाट ना १ ब३५९५ नम्बरको मोटरसाइकलको फिल्टर बक्समा लुकाइराखेको ७९ ग्राम खैरो हिरोइनसहित प्रहरीले तीन जनालाई गए राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीहरुमाथि लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडी बढाइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस