रवीन्द्रको प्रस्तावमा डा. भट्टराईले भने–‘गणतन्त्रविरूद्ध धूप हाल्नेहरु रातन्त्रका भूत’

जनकपुरधाम । जसपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र भएको बताएका छन् ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्तावको जवाफमा डा. भट्टराईले गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र भएको बताएका हुन् ।

‘झिंगाको सरापले डिंगा मर्दैन । कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीविरूद्ध बोल्यो भन्दैमा तरंगित हुनपर्दैन,’ डा. भट्टराईले ट्वीटमा भनेका छन्,’संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् भन्न डराउनुपर्दैन । बरू वैकल्पिक राजनीतिको सपना बोकेका युवा सतर्क रहून् ।’

मिश्रको उक्त प्रस्तावमा विवेकशील साझा पार्टीकै नेताहरुले पनि असन्तुष्टि जनाएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस