सप्तरीमा कोरोना बढ्दो, एक मात्र पिसिआर मेसिन पनि बन्द

राजविराज, १२ साउन । दुई दिनअघि मात्रै सप्तरीमा ४० जनाको पिसिआर परीक्षण गर्दा २५ जनामा कोरोना भाइरसको संक्रमण देखियो । सोहीसँगै स्वास्थ्य कार्यालयले संक्रमण बढ्दो देखिएको भन्दै जिल्लामा परीक्षणको दायरा बढाउनुपर्ने आवश्यकता औंल्याइरहेको बेला जिल्लाको एक मात्रै पिसिआर मेसिन पनि बन्द भएको छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको पिसिआर मेसिन बन्द भएको हो । ‘हिजोदेखि मेसिनमा प्राविधिक समस्या आएको छ’ अस्पतालका निमत्ति मेडिकल सुपरिन्टेन्डेन्ट डा.रणजीत कुमार झाले भने–‘हामीले सम्बन्धित ठाउँमा जानकारी गराइसकेका छौं, समस्या समाधान भएसँगै पुनः परीक्षण कार्य सुचारु हुन्छ ।’

स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक विजय कुमार झाले मेसिनमै गडबडी आएको कुरा हामीलाई जानकारी नभएको बताए । ‘केमिकलहरु अभाव भएको कुरा चैं हामीलाई जानकारीमा आएको छ, यद्यपी के कस्तो समस्या आएको विषयमा बुझ्ने कार्य भइरहेको छ र चाँडै परीक्षण कार्य पनि सुचारु हुन्छ’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस