थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण, १ हजार ७७८ निको भए

जनकपुरधाम, १२ साउन । देभभर पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १२ हजार ६५५ पिसिआर परीक्षणमा २ हजार ७२६ र ४ हजार ८६३ एन्टीजेन परीक्षणका १ हजार १७३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या ७ लाख ४२ हजार ८१७ पुगेको छ । सोही अवधिमा थप १ हजार ७७८ जना निको भएका छन् । योसँगै हालसम्म नेपालमा ६ लाख ४७ हजार ७९ जना संक्रमणमुक्त भएका छन् ।

हाल २८ हजार ८३६ सक्रिय संक्रमित आइसोलेसन र ३५६ जना क्वारेन्टाइनमा छन् । यसैगरी २४ घण्टा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ७ सय ५८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस