भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ४० वटा रांगा बरामद

राजविराज, १२ साउन । प्रहरीले भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको ४० वटा रांगा बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको टोलीले आज विहान भन्सार छलि गरी ल्याउँदै गरेको सो रांगा बरामद गरेको हो ।

सुरुङगा नगरपालिका–१० बलान नदीको पश्चिमी किनारा हुँदै ल्याउँदै गरेको १ लाख ६० हजार मुल्य बराबरको रांगा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।

सो रांगा आवश्यक कारवाही लागि राजविराज भन्सार कार्यालयमा पठाइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस