सप्तरीका थप एक कोरोना संक्रमितको मृत्यु

राजविराज, १२ साउन । सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार गत असार ३१ गते संक्रमण देखिएका खडक नगरपालिकाकी ४७ वर्षीया महिलाको मृत्यु भएको हो ।

हिजो (सोमवार) हेटौडा अस्पतालमा उनको मृत्यु भएको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए । योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५६ पुगेको छ ।

हाल सप्तरीमा ४५ सक्रिय संक्रमित रहेको निमित्त प्रमुख यादवले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस