लेटरप्याड, छाप र अध्यक्षको हस्ताक्षर दुरुपयोग भएको भन्दै माओवादीद्वारा आपत्ति

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले पार्टीको लेटरप्याड, छाप र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को हस्ताक्षर दुरुपयोग भएको भन्दै आपत्ति जनाएको छ ।

बुधवार माओवादीले विज्ञप्ति जारी गर्दै पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग गरेर ‘मन्त्रिमण्डल विस्तार’ बारे भ्रामक प्रचार भएकोप्रति आपत्ति जनाउदै त्यस्ता कार्यमा संलग्नमाथि कडा कारवाही गर्न माग गरेको छ ।

पार्टीका सचिव श्रीराम ढकालद्वारा जारी गरिएको विज्ञप्तिमा केही अपराधिक, अराजक एवं प्रतिगामी तत्वहरुले माओवादीलाई बदनाम गर्ने उदेश्यले मन्त्रिमण्डल विस्तारबारे कुप्रचार गरेको भन्दै त्यसमा संलग्नहरूलाई कडा कारवाहीको माग गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस