झापामा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

झापा । पूर्व पश्चिम राजमार्ग अन्तर्ग झापाको दमक नगरपालिका–४ स्थित गए राति ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कन्काई–३ का ४३ बर्षीय पुर्ण बहादुर बिष्ट र पछाडी सवार निजकै श्रीमती ३६ बर्षीया भिमा बिष्ट छन् ।

पश्चिमतर्फ जादै गरेको ना४ ख ८७३० नम्बरको ट्रकले बिपरित दिशाबाट आईरहेको प्रदेश २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका विष्ट दम्पतिलाई उपचारको लागि दमक लाईफ अस्पतालतर्फ लग्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालक मोरङको विराटनगर–४ का ४८ बर्षीय सुजन थापालाई नियन्त्रणमा लिइएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस