जसपा कार्यकारिणी समिति बैठकबाट विधान अनुमोदन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति बैठकले संसदीय दलको विधान अनुमोदन गर्दै नेता चयनका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही गर्ने निर्णयसमेत बैठकले गरेको छ । ललितपुर बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको बैठकले संसदीय दल विधान अनुमोदन गर्दै नेता चयनका लागि समिति गठन गरेको कार्यकारिणी समिति सदस्य एवं सांसद रामसहाय यादवले जानकारी दिए ।

दल नेता चयनका लागि गठित तीन सदस्ययी समिति संयोजकमा नवराज सुवेदी, सदस्यद्वयमा रमेश यादव र सुशीला श्रेष्ठ छन् । बैठकले पार्टी कार्यालय सचिव तथा कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीलाई निर्वाचन आयोग र अदालत मुद्दा–मामिला हेर्ने जिम्मेवारी दिने निर्णय गरेको छ । लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही गर्ने निर्णय पनि भएको छ ।

लुम्बिनी प्रदेश सरकारमा सहभागी सांसदलाई बर्खास्त गर्न प्रदेशका सभामुखलाई पत्र लेख्ने निर्णय बैठकले गरेको छ । बैठकको निर्णयअनुसार प्रदेश सांसदहरू विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सन्तोष पाण्डेलाई सांसदबाट निष्कासन गर्न पत्र पठाइने प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए ।

पार्टीमा लामो समयदेखिको आधिकारिता विवाद सोमबार निर्वाचन आयोगले ‘हेट काउण्ट’ गर्दै टुंगो लगाएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिता पाएपछि मंगलबार कार्यकारिणी समिति बैठक बसेको हो । राजधानी दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780