आईडियल सहकारी संस्थाद्वारा साढे ३ करोड नाफा आर्जन

राजविराज, १९ साउन । सप्तरीस्थित आईडियल सहकारी संस्था लिमिटेड राजविराजले गत आर्थिक वर्ष (०७७/०७८) मा साढे करोड रुपैयाँ नाफा आर्जन गरेको छ । मंगलबार २३ औं साधारणको अवसरमा संस्थाका अध्यक्ष गणेशकुमार आशले प्रतिवेदन प्रस्तुत गर्दै सो कुरा बताएका छन् ।

उनले कर्मचारीहरुको लगतशिलता र मिहिनेतले कोरोना महामारी पनि चुनौती ठानेर अघि बढेका संस्थाले गत वर्ष कुल ३ करोड ६१ लाख ९४ हजार ५७४ रुपैयाँ ९७ पैसा नाफा आर्जन गरेको बताए । २०५६ सालमा ४२ जनाबाट सुरु गरिएको सो संस्थामा हाल १ हजार ३७ सदस्य आवद्ध छन् भने कुल ८ करोड २० लाख ४० हजार ५ सय शेयर पुंजी रहेको संस्थामा १ अर्ब २८ करोड वासलात रहेको अध्यक्ष आशले बताए ।

संस्थाले सो आर्थिक वर्षसम्ममा ६७ करोड ७७ लाख २८ हजार ८६० रुपैयाँ ५७ पैसा कर्जा गरेको छ भने हाल संस्थामाथि ६७ लाख ८५ हजार ६६५ रुपैयाँ २८ कर्जा रहेको संस्थाका व्यवस्थापक विनोद कुमार साफीले जानकारी दिए ।

राजविराज मुख्य केन्द्र गरी हनुमाननगर र पातोमा सेवा केन्द्र सञ्चालित रहेको सो संस्थाबाट आईडियल स्मार्ट एप सेवा समेत सञ्चालनमा रहेको छ ।

जस अन्तर्गत मिस्ड कल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ, जुनसुकै बैंक खातामा रकम ट्रान्सफर गर्ने सुविधा प्रदान गदै आएको छ भने ई–सेवा वाइलेटमा लोड, एटिएम कार्यबाट भारतमा रकम झिक्न पाउने व्यवस्था भएको जनाएको छ । हाल सो संस्थामा २१ जना कर्मचारी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस