भ्रष्टाचार मुद्दामा सजाय पाएका व्यक्ति प्रदेश २ का मन्त्रीको सल्लाहकार

जनकपुरधाम । भ्रष्टाचार मुद्दामा सजाय पाएका व्यक्ति प्रदेश सरकारको मन्त्रीको सल्लाहकारमा नियुक्त भएका छन्।

प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले विशेष अदालत काठमाडौँबाट भ्रष्टाचार मुद्दामा सजाय पाइसकेका जीवनाथ चौधरीलाई सल्लाहकारमा नियुक्त गरेका हुन्।

जेठ २६ गते कांग्रेसबाट प्रदेश सरकारमा छिरेका मन्त्री यादवले असार २० गते नै चौधरीलाई सल्लाहकारमा नियुक्त गरेका छन्।

तत्कालीन जिल्ला विकास समिति धनुषामा लेखापालको रूपमा कार्यरत चौधरीलाई विशेष अदालत काठमाडौँले ४ महिना जेल सजाय र ६ लाख ७५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।

तर, चौधरीले सर्वोच्चमा पुनरावेदन गरेपछि हाल उक्त मुद्दा विचाराधीन छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीमाथि भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी अहिले पनि निलम्बनमै छन्।

Author:



क्याटोगरी छान्‍नुहोस