सप्तरीमा अत्यावश्यक कामकाजले बाहिर जाने व्यक्तिलाई खोप लगाइदै

राजविराज, २२ साउन । अत्यावश्यक कामकाजले बाहिर जाने व्यक्तिहरुलाई सप्तरीमा आजबाट कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका अनुसार सो सशस्त्र प्रहरी क्याम्प गोरगामामा खोप लगाइने छ । कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले खोप लगाउनका लागि आग्रह गरेका छन् । उनले प्राथमिकताका आधारमा क्रमिक रुपमा सबैलाई लगाउँदै जाने बताए ।

देशभर कोरोना संक्रमितको संख्यामा वृद्धि हुदै गएको बेला सप्तरीमा अवस्था सामान्य रहेपनि स्वास्थ्य मापदण्डको अनुसार सर्तकता अपनाउन आवश्यक रहेको निमित प्रमुख यादव बताए । हाल जिल्लाका सबै स्थानिय तहका स्वास्थ्य शाखासँग समन्वय गरी तेश्रो लहरको डेल्टा र डेल्टा पलसबाट सर्वसाधारणलाई जोगाउन पूर्व तयारी भइरहेको जानकारी गराए ।

कार्यालयका तथ्यांक अनुसार पहिलो लहरमा फ्रन्ट लाईनमा काम गर्ने व्यक्तिहरुलाई कोभिशिल्डका पहिलो मात्रा ३ हजार ६९३ जना र दोश्रो मात्राको ३ हजार ३१ जना, ६५ वर्षदेखिमाथि उमेर समुहका २७ हजार १६९ जनालाई खोप लगाइसकिएको छ ।

यद्यपी पहिलो चरणको खोप लिएका २७ हजारभन्दा बढी ६५ वर्षमाथिका उमेर समुहका व्यक्तिलाई खोप लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी १० हजार ६५ जनालाई भेरोसेल लगाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस