एसईईको नतिजा सोमबारसम्म प्रकाशित हुने

जनकपुरधाम । २०७७ सालको एसईईको नतिजा सोमबारसम्म प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १० का परीक्षा नियन्त्रक रुद्र अधिकारीले २५ साउनमा नतिजा प्रकाशित गरिसक्ने जानकारी दिए ।

बोर्डले आजै नतिजा प्रकाशित गर्ने कार्यक्रम रहे पनि विगतमा जस्तै केही विद्यालयले अस्वाभाविक नतिजा प्रदान गरेको पाइएपछि परीक्षा नतिजा रोकिएको बुझिएको छ ।

बिहीबार बोर्ड र परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीसहितको भर्चुअल बैठक बसेको र त्यसमा केही विद्यालयको नतिजा अस्वाभाविक पाएपछि नतिजा प्रकाशन ढिलो भएको बोर्डका एक अधिकारीले बताए ।

यसका लागि बोर्डले जिल्ला समन्वय एकाइलाई आजै पत्र पठाउँदै छ । अस्वाभाविक नतिजाबारे एकाइले स्कूल सञ्चालकलाई बोलाएर सोध्ने, एकाइले बोर्डमा जनाउ दिने र त्यसपछि पुनः सच्याउने तयारी रहेको एक अधिकारीले जानकारी दिए ।

बोर्डको यो वर्षको परीक्षाका लागि तयार गरेको कार्यविधिमा ८० भन्दा बढी अंक दिनुपरेमा सो को कैफियतमा खुलाउनुपर्ने नयाँ व्यवस्था छ । उक्त नियमको उल्लंघन गरी कारण नखुलाई ८० भन्दा बढी अंक दिएको खुलेको हो । तर परीक्षा नियन्त्रक अधिकारी भने त्यस्तो कारण नभई प्राविधिक समस्याका कारणले नतिजा प्रकाशन गर्न समय लागेको बताए ।

उनले नतिजा ग्रेडमा दिने भएकाले ग्रेडमा गडबड नहोस्, विद्यार्थीको समग्र नतिजा र विद्यार्थीको अनुपस्थित रहेको औँल्याए ।

उनी भन्छन्, “भौतिक रुपमा परीक्षा दिँदा अनुपस्थित हुनु त जायज होला, अहिलेको परिस्थितिमा पनि अनुपस्थित देखिँदा छानबिन गर्नुपर्ने हुन्छ । कि त सिम्बोल नम्बर फरक परेकाले या सफ्टवेयरमा गडबडी भयो कि ।”

शिक्षाविद् डा विद्यानाथ कोइरालाले एसईई परीक्षा प्रणाली बनाए मात्र दिर्घकालीन समस्या समाधान हुने बताउँछन् ।

उनले भने, “कक्षागत, विषयगत र तहगत एउटा कक्षाको विद्यार्थीले कति जान्नुपर्ने हो, त्यो पाठ्यक्रम विकास केन्द्रले बनाएको छ । त्यो विद्यार्थीलाई दिनुपर्यो । हैन भने नम्बर कम दियो भने शिक्षक कुट्ने विद्यार्थी छन्,” उनले थपे, “एसईईमा बढी नम्बर दिन दवाब दिने अभिभावक र बढी नम्बर दिने शिक्षक पनि छन् ।”

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780