देशभर थप ३७ सय जनामा कोरोना पुष्टि, संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ६७५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ७२९ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ४९३ जनाको पिअिसार परीक्षण गर्दा २ हजार ४३० र र ६ हजार १८२ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो।
आज देशभर १ हजार ८८५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको छ।

देशभर ३४ हजार ९४२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३१ हजार ४२७ होम आइसोलेसनमा रहेका छन्।

संस्थागत आइसोलेसनमा ३ हजार ५१५ भने ७३२ जना आइसियुमा र १५८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर ३५६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस