प्रदेश २ : एक वर्षमै ७ हजार बढी आपराधिक घटना

जनकपुरधाम । प्रदेश २ मा अपराध बढेको छ। भारतीय सीमासँग जोडिएको यस प्रदेशमा ४.४७ प्रतिशतले अपराध बढेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

०७७/७८ मा ७ हजार २ सय १ वटा आपराधिक घटना भएको हो। जुन ०७६/७७ मा ६ हजार ८ सय ९३ थियो। गत वर्ष सबैभन्दा बढी सामाजिक अपराध भएको हो। गत वर्ष १ हजार ८ सय ३२ वटा सामाजिक अपराधको घटना दर्ता भएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।

०७६/७७ मा सामाजिक अपराधको २ हजार १ सय ६० वटा घटना दर्ता भएको थियो। त्यस्तै, संगठित तथा आर्थिक अपराधको १ हजार ५ सय ४३ वटा घटना दर्ता भएको हो। गत वर्ष कर्तव्य ज्यानको ९३, खुन डाँकाको २, ज्यान मार्ने उद्योगको ३ सय १०, गर्भपतनको ९ वटा घटना भएको हो।

भवितव्य ज्यानको ४ सय ६७ वटा मुद्दा दर्ता भएको छ भने ज्यानसम्बन्धी १ सय २८, फुटकर ज्यान ९०, महिला तथा बालबालिकासम्बन्धी अपराधको ६ सय १७ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सवारी दुर्घटनाको ५ सय ३३ वटा घटना भएको छ भने विविध शीर्षकमा ६ सय १८ वटा घटना दर्ता भएको हो। गत वर्ष आत्महत्या गर्नेको संख्यामा समेत बढोत्तरी भएको छ। ०७६/७७ मा ८ सय १७ जनाले आत्महत्या गरेका थिए भने गत आवमा ९ सय ५९ जनाले आत्महत्या गरेको प्रदेश प्रहरीको तथ्यांक छ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780