कक्षा १२ को परीक्षा स्थगित हुँदै

जनकपुरधाम । कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ । परीक्षा आउन ९ दिनमात्र बाँकी रहँदा कक्षा १२ को परीक्षा स्थगित हुने भएको हो ।

कोरोना संक्रमणको जाेखिम बढेकाे भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षाको मिति पुनरवलोकन गर्न भन्दै सीसीएमसीमा पत्र पठाएको थियो । सोही आशयको पत्र राष्ट्रिय परीक्षा बोर्डमा पठाएको सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले मधेशलाईभलाई जानकारी दिए । सीसीएमसीले परीक्षा स्थगित गरी नयाँ मिति तय गर्न आग्रह गर्दै बोर्डलाई पत्र पठाएको छ । यसका लागि बोर्डमा आज बैठक बस्दैछ । बोर्डले ३१ साउनदेखि ९ भदौसम्म परीक्षा गर्ने मिति तय गरेको थियो ।

पाँच दिनअघि स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमितको संख्या बढ्न थालेकोले तत्काल परीक्षा गर्न नसकिने आशयको अभिव्यक्ति दिएका थिए । उनले कक्षा १२ को परीक्षा आन्तरिक मुल्याङ्कनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने बताएका थिए । ३१ साउनबाट परीक्षा गराउन बोर्डले सबै तयारी पूरा गरेको बताउँदै आएकाे थियाे । तर बोर्डले स्वास्थ्य मन्त्रालयको दबाबपछि परीक्षा सार्न लागेको बुझिएको छ ।

यस्तै, कोभिड १९ को जाेखिम बढेकाे भन्दै सामाजिक सञ्जालका प्रयोगकर्ताले सरकारलाई दबाब दिँदै ‘ह्यासट्याग क्यान्सिल एनइबी एक्जाम्स’ लेखेका छन् ।

यो वर्षको परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुँदैछन ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780