उदयपुरगढीमा रुख ढलेर किच्दा महिलाको मृत्यु, तीन गम्भीर घाइते

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ मा रुख ढलेर किच्दा एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना गम्म्भीर घाइते भएका छन् । आज दिउँसो जङ्गल छेउको अँधेरी झर्ना खण्डमा सखुवाको रुख ढलेर सो घटना भएको हो ।

सो घटनामा परेर कटारी नगरपालिका–४ का २८ वर्षीया निशा मगर दनुवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसैगरी सोही वडाका २७ वर्षीया मीना दनुवार, ४० वर्षीय श्याम दनुवार र वडा नम्वर–५ का २८ वर्षीय कुमार तामाङ घाइते भएका छन् ।

निशा जङ्गलमा पर्ने अँधेरी झर्ना हेर्नका लागि पुगेकी थिइन भने अन्य तीन जना मोटरसाइकलमा सवार भएर कटारीबाट उदयपुरगढी पुगेका थिए ।

प्रदेश नम्बर २–०१०–१त०५६० नम्बरको अटोको सिटमा बसिरहेको बेला रुख अचानक ढल्दा किचेर महिलाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । गम्भीर घाइतेहरुलाई उपचारका लागि विराटनगरतर्फ पठाइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस