पछिल्लो २४ घण्टामा ३२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

जनकपुरधाम । पछिल्लो २४ घण्टामा ३ हजार २१८ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ८ हजार ८६६ पीसीआर र ४ हजार ७०७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ७ लाख १२ हजार ७४० पुगेको छ। कुल संक्रमितमध्ये ३५ हजार ४३२ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा १ हजार ७२२ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ।

उक्त अवधिमा १९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ।

हाल ३२ हजार २७ जना होम आइसोलेसन र ३ हजार ४०५ जना संस्थागत आइसोलेसनमा छन्। ४४३ जना क्वारेन्टाइन, ७४६ जना आइसीयू र १६९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस