आमसञ्चार प्राधिकरण र प्रेस काउन्सिलका पदाधिकारी बीच छलफल

काठमाडौं, २४ साउन । आमसञ्चार प्राधिकरण प्रदेश २ का अध्यक्षसहितका पदाधिकारीहरुको टोलीले आज प्रेस काउन्सिल नेपालका पदाधिकारीहरुसँग मिडिया क्षेत्रबारे छलफल गरेका छन् ।

अध्यक्ष श्यामसुन्दर यादव नेतृत्वको टोलीले काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्य लालबाबु शेख समेतका पदाधिकारीहरुसँग छलफल गरेका हुन् ।

सो छलफलमा प्राधिकरण र काउन्सिल बीच आपसी समन्वय र सहकार्य, प्रदेश २ मा रहेका आमसन्चारमाध्यमहरूको समस्या, सन्चार क्षेत्रमा कोभिडले पारेको प्रभाव, सन्चारमाध्यमहरुको प्रवर्द्धन तथा नियमनबारे छलफल भएको प्राधिकरणका सदस्य अमरेन्द्र कुमार यादवले जानकारी दिए ।

उनका अनुसार अब सार्वजनिक हुन लागेको प्रदेश २ का पत्रपत्रिकाहरूको वर्गिकरण नतिजा, लोककल्याणकारी विज्ञापन एवम् भुक्तानीमा सहजता, मातृभाषामा सूचनामूलक प्रकाशन सहितका विषयहरूबारे काउन्सिल अध्यक्ष बस्नेतको ध्यानाकर्षण गराएका छन् ।

छलफलमा उठाइएका विषयहरूबारे अध्यक्ष बस्नेतले गम्भिरतापुर्वक लिदैँ कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेको टोलीमा सहभागी अर्का सदस्य प्रतिमा चौधरीले बताइन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780