जसपामा अब उपेन्द्र यादव एकल अध्यक्ष, ३५ जनाको कार्यकारिणी समिति रहने

काठमाडौं । अब जनता समाजवादी पार्टी (जसपा) नेपालको ३५ जनाको केन्द्रीय कार्यकारिणी समिति हुने भएको छ । आज निर्वाचन आयोगले सो बारेमा निर्णय गर्दै यसअघि नै आधिकारिकता दिएको ३५ जनाको कार्यकारिणी समितिलाई मान्यता दिएको हो ।

यसअघि रहेका ५१ जनाको केन्द्रीय कार्यकारिणी समितिबाट ३५ जनाको केन्द्रीय कार्यकारिणी समिति रहने गरी अध्यावधिक भएको थियो । आयोगको निर्णय अनुसार अब उपेन्द्र यादव ३५ जना कार्यकारिणी समितिसहितको एकल अध्यक्ष भएका छन् ।

त्यससँगै महन्थ ठाकुरको भने अध्यक्ष पदबाट नाम हटेको छ । जसपाभित्रको आन्तरिक विवाद समाधानका लागि परेको निवेदनमा सुनुवाई गर्दै आयोगले उपेन्द्र पक्षलाई आधिकारिकता दिने निर्णय गरेको थियो । सोही अनुसार आज अध्याबधिक गरेको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस