विद्युत प्राधिकरणमा कुलमान नियुक्त, आजै पदभार ग्रहण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको बताइएको छ । घिसिङको आजै पदभार ग्रहण हुँदैछ ।  कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा सरुवा गरिएको बताइएको छ ।

शाक्य आज कार्यालय गएका छैनन् । ११ महिनाअघि कार्यकाल सकिएपछि घिसिङ बिदा भएका थिए । उनी भदौ ३१ मा चारवर्षे कार्यकाल पूरा गरेर बिदा भएका थिए । ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले प्राधिकरणमा कुलमान घिसिङलाई ल्याएको जानकारी दिए ।

बाह्रखरीसँग कुरा गर्दै उनले यस्तो जानकारी दिएका हुन् । घिसिङले पनि बाह्रखरीसँग कुराकानी गर्दै पत्र आइनसकेको तर नियुक्ति गरिएको जानकारी आएको बताए ।

उनले प्रक्रियाअनुसार पत्र आउन केही समय लाग्ने भए पनि नियुक्तिको जानकारी आएको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस