जनसंख्याको अनुपातमा खोप उपलब्ध गराउन मुख्यमन्त्री राउतको माग

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनसंख्याको अनुपातमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन केन्द्रीय कोरोना संकट व्यवस्थापन केन्द्रसँग माग गरेका छन्।

मुजेलियास्थित ग्रामीण प्रशिक्षण केन्द्रमा सिसिएमसी सचिवालयका प्रमुख बालानन्द शर्मा नेतृत्वको टोलीसहित बसेको पिसिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले यस्तो माग गरेका हुन्।

भारतसँगको खुला सीमा तथा बढी जनघनत्व भएका कारण यो प्रदेश कोरोना महामारीको उच्च दोखिममा रहे पनि जनसंख्याको अनुपातमा भ्याक्सीन उपलब्ध हुन नसकेको मुख्यमन्त्री राउतले गुनासो गरे।

महामारी नियन्त्रणका लागि आफूहरू उच्चतम प्रयास गर्दै पहिलो र दोस्रो लहरलाई नियन्त्रणमा लिन सफल भएको र तेस्रो चरणका लागि तयारी अवस्थामा रहेको उनले बताए।

Author:



क्याटोगरी छान्‍नुहोस