माओवादी केन्द्रले जिल्ला कमिटी विघटन गर्ने

जनकपुरधाम । नेकपा माओवादी केन्द्रले संघीय संरचना अनुसार पार्टीको संरचना परिवर्तन गरेको छ ।

माओवादी केन्द्रले स्थानीय तह, प्रदेश र केन्द्रका रूपमा पार्टीका संरचना निर्माण गर्न लागेको हो । केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सबै जिल्ला कमिटी विघटन गर्ने निर्णय गरेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भनेका छन्, ‘आजैदेखि विधानबाट जिल्ला डिलिट भयो । अब जिल्ला सम्मेलन हुँदैन । अब सिधै जनतामा जाने ।’

बैठकमा पार्टीको संरचना संघीयता अनुकूल नभएको प्रसंग उठेको थियो । त्यही केन्द्रीय नेताहरूले प्रश्न उठाएपछि विधान संशोधन गरी जिल्ला कमिटी विघटन गर्ने र स्थानीय, प्रदेश र केन्द्रमात्रै राख्ने निर्णय भएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस